April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

नेपाल प्रहरीका ७८ जना उपरीक्षकहरुको सरुवा ( हेर्नुस सूची )

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० १२:0६
नेपाल प्रहरीका ७८ जना उपरीक्षकहरुको सरुवा (  हेर्नुस सूची  )

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्ष (एसपी) को सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । फागुनदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।

सरुवा अनुसार नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ ।

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो । अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाइएको छ । सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ ।

चितवनमा भावेष रिमाल गएका छन् । झापामा मिलन केसीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

हेर्नुस सूची

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट