May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कामपा वडा ८ मा रहेको सार्वजनिक जग्गामा बनेको घर वडाअध्यक्षको पहलमा भत्काइयो

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १७:0८
कामपा वडा ८ मा रहेको सार्वजनिक जग्गामा बनेको घर वडाअध्यक्षको पहलमा भत्काइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ नवाली टोलमा रहेको सार्वजनिक जग्गामा बनेको घर भत्काइएको छ ।

करिव एक तला रहेको घर आज काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत एवं महानगरपालिकाका प्रहरी सहित स्काभेटरले सार्वजनिक जग्गामा बनाइएको घर भत्काइएको हो ।

उक्त घरको हकदावी गर्ने व्यक्ति कोही भए २४ घण्टा भित्र स प्रमाण उपस्थित हुन सुचना निकालेको र कोही पनि ब्यक्ति उक्त घरको हककर्ता रहेको प्रमाण नभएपछि सार्वजनिक जग्गामा रहेको घर भएकोले भत्काइएको वडा अध्यक्ष आशामान संगतले बताए ।

उनले काठमाडौँ महानगरपालिका वडा ८ भित्र रहेका सार्वजनिक सम्पत्तिहरूको उत्खनन सँगसँगै अनैतिक रूपमा निर्माण भएका घर टहराहरू भत्काउने कार्य तिव्र रूपमा अगाडि बढाइएको समेत बताए ।

उनले उक्त जग्गा करिब २ आना रहेको र एकजना हकदार बुढी आमा रहनुभएको र उहाको देहावसान पश्चात् हकदावी गर्ने कोही नभएकाले सार्वजनिक जग्गा खाली गराउने हेतुले जग्गा खाली गरिएको वडाअध्यक्ष संगतले बताए ।

कामपा वडा ८ ले पछिल्लो समय पाशुपत क्षेत्रका विभिन्न स्थानमा रहेको कुवा, इनार, पोखरी लगायतका मासिएका परम्परागत वस्तुहरूको खोजी तथा उत्खनन कार्य तिव्र रूपमा अगाडि बढाइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट