April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

विराटनगरले ३ अर्ब २८ करोड ५० लाख बजेट ल्यायो

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १३:0६
विराटनगरले ३ अर्ब २८ करोड ५० लाख बजेट ल्यायो
  • विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षमा 
  • २०८०-८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्यायो 
  • वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन

विराटनगर।।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ।

शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो। महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले १९ वटा वडाका वडास्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ। नगरस्तरिय आयोजनाका लागि २० करोड, बहुवर्षीय, गौरवका आयोजना र क्रमागत भुक्तानीका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख आम्दानी हुने अनुमान गरेको महानगरले ९९ करोड ५० लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको छ।

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।