May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सुनसरीको इनरुवामा साइबर सुरक्षा सचेतना कार्यक्रम

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० 0९:२८
सुनसरीको इनरुवामा साइबर सुरक्षा सचेतना कार्यक्रम

गणेशकुमार यादव

इनरुवा । सुनसरीको इनरुवामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम हिजो सम्पन्न भएको छ ।

इनरुवा जेसीजको आयोजना र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको हो । स्मल हेभेन एकेडेमी इनरुवा–३ का विधार्थीहरुलाई वर्तमान अवस्थामा बढ्दै गएको साईवर अपराध सम्वन्धी जानकारी गराइएको थियो ।

सामाजिक सञ्चाल मार्फत दिनप्रतिदिन बढ्दै गएको साइवर अपराधलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इनरुवा जेसीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्र्तगत विधालयमा अध्ययनरत विधार्थीहरुलाई सचेतना जगाउने उद्देश्यले प्रहरीले कार्यक्रम गर्दै आएको बताए । समाजमा बढ्दै गइरहेको साइवर अपराधको चंगुलमा नफस्न विधार्थीहरुलाई उनले आग्रह गरेका छन । साइवर अपराधका घटनाहरुको बारेमा प्रहरीलाई निर्धक्क भएर खबर गर्न पनि विधार्थीहरुलाई उनले अनुरोध गरे।

साईवर अपराधबाट सुरक्षाका चुनौतीहरु थपिदै गएको हुदाँ सजग र सचेत रहनुपर्ने प्रहरी उपरीक्षक रेग्मीको भनाई छ । उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र शाहले साइवर अपराधले आत्महत्याको संख्या बढ्दै गएको हुदाँ यस्ता गतिविधिमा नलाग्न पनि विधार्थीहरुलाई आग्रह गरे ।

विधार्थीहरु मुलुकको मेरुदण्ड भएकाले साइवर अपराधमा नलाग्न र गोप्यनियता राख्नुपर्नेमा जोड दिए । मुलुकमा साइवर अपराधका घटनाहरु बढ्दै गएको हुदाँ इनरुवा जेसीजले सचेतना जगाउनका लागि विधालय स्तरमा कार्यक्रमको आयोजना गरिएको इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताले बताए । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका अध्यक्ष मेहताले इनरुवा जेसीजले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र युवाहरुको नेतृत्व क्षमता विकाससँगै सचेतना जगाउने अभियानलाई निरन्तरता दिँदै आएको बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वविन राईले सहजीकरण गरेका थिए । इनरुवा जेसीजका महासचिव सत्य नारायण यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।