April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १३:२७
जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् ।

जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मनऋषि धिताललाई धन्यवाद दिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए ।

उनले भने, ‘मनऋषि धिताललाई हार्दिक धन्यवाद दिन चाहन्छु । इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्ने मेहेनत गर्नुभयो । त्यसको लागि, कठिन जटिल र चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धका स्मरण र अनुभवहरुलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारीबोध गरेर आज सातवटा पुस्तक एकैपटक विमोचनमा ल्याउने लेखक मनऋषि धिताललाई धन्यवाद दिन चहान्छु ।’

उनले लेखकहरुलाई धन्यवाद दिंदै जनयुद्ध दिवसको दिनको उपस्थित सबैलाई बधाई पनि दिएका छन् । धितालले ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधार यात्रा’, ‘राजमाग यात्रा’, ‘पिली यात्रा’ र ‘गण्डक यात्रा’ पुस्तक सार्वजनिक गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।