June 1, 2025 | आइतवार, जेष्ठ २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महरा छुटेकामा गृहमन्त्री लामिछानेको स्पष्टीकरण : राज्यको पनि करुणा हुन्छ

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० १८:00
महरा छुटेकामा गृहमन्त्री लामिछानेको स्पष्टीकरण : राज्यको पनि करुणा हुन्छ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् ।शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् ।‘८/१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ ।

राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ’, लामिछानेले भने ।उनले अगाडि भने, ‘त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माओवादी उपाध्यक्ष महरालाई पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अनुमति मागेकामा जिल्ला अदालत काठमाडौंले ४ दिन मात्र समय दिएको थियो ।

त्यो पनि उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा बस्न दिन भनेको थियो ।अदालतले दिएको ४ दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।सत्ता साझेदारीमा रहेका प्रमुख चार दलबीच दोषी जोसुकै भए पनि नछाड्ने सहमति भएको गृहमन्त्री लामिछानेले बताए । ‘अब कोही व्यक्तिलाई जोगाउने होइन, व्यवस्था, संविधान जोगाउने हो भन्नेमा सबै दल प्रतिवद्ध छन्’, उनले भने ।

दोषी कोही नउम्किने र निर्दोष कोही पनि नफस्ने भन्दै उनले कोही दोषी उम्किने अवस्था आएमा पदमा नबस्ने बताए ।लामिछानेले आफूले कसैसँग प्रतिशोध नसाध्ने बताए । ‘राज्यमा बसेर प्रतिशोध साँध्न गएको होइन, हामी प्रतिशोध साँध्दैनौं । जनताले दिएको मतको दुरुपयोग गरेर हामी प्रतिशोध साँध्दैनौं’, उनले भने ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० १८:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट