April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कांग्रेस सहितको नयाँ सरकारको तत्काल सम्भावना छैन – प्रधानमन्त्री दहाल

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १८:0६
कांग्रेस सहितको नयाँ सरकारको तत्काल सम्भावना छैन – प्रधानमन्त्री दहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, वामपन्थीहरु कमजोर बन्दै पश्चिम बंगालकै हालतमा पुग्ने खतरा भएपछि जोखिम लिएको भन्दै उनले भने, ‘अहिले नै पार्टी एकता भनिएको छैन, तर वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउने हाम्रो लक्ष्य छ ।’ नयाँ गठबन्धन बनेसँगै आफ्नो सरकार ढाल्ने शक्ति केन्द्रहरुले प्रयास गरेको उनले सुनाए । तर तत्काल दुई ठूला पार्टी कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको उनले बताए । ‘गैर वाम सरकार बन्न संख्यात्मक हिसाबले त असम्भव छैन’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘तर त्यो हुने म देख्दिनँ ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।