sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन गायिका एलिना चौहान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १३:३२
वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन गायिका एलिना चौहान

‘धोकेबाज हौ तिमी’ गीतबाट चर्चामा आएकी गायिका एलिना चौहान आगामी वैशाख ५ गते विवाह गर्दैछिन्।

उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्। एलिना आफैंले आफू अहिले निम्तो बाँड्ने र विवाहको अन्य काममा व्यस्त रहेको बताएकी छिन्। केही समयअघि एलिनाले सामाजिक सञ्जालमा प्रेमी विष्णुसँगको तस्बिर राख्दै लेखेकी थिइन्, ‘तिमीलाई सोचेर मेरा विपनाहरू बित्छन्। तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ। तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु।’ यसैबीच, गत माघमा उनको ब्रेकअप भएको खबर सार्वजनिक भयो। लगत्तै उनी आफैंले विष्णुसँग ब्रेकअप भएको स्विकार गरिन्। अहिले फेरि उनै विष्णुसँग एलिनाको विवाह हुने कुराले उनका समर्थकहरूलाई आश्चर्य गराइदिएको छ। दुई महिनामै कसरी पग्लिइन् एलिना भन्ने प्रश्न जन्माइदिएको छ। स्रोतका अनुसार ब्रेकअपको खबर सार्वजनिक भएपछि विष्णुले एलिनासँग माफी मागेका थिए। त्यसअघि नै उनीहरूको पारिवारिक सहमति विवाह नजिक थियो। त्यसैकारण पनि विष्णुको माफीपछि एलिनाको मन पुन: पग्लिएको बताइन्छ। यद्यपि एकथरीले भने गीत ‘कट्टा हान्दिन्छु’ चलाउने फन्डाको लागि पनि उनले ब्रेकअपको खबर सार्वजनिक गरेको बताउने गर्छन्। हुन त सेलिब्रेटीहरू आफ्ना सामग्रीहरू पस्किन अनेक फन्डा नगर्ने पनि होइनन्। त्यसैले पनि उनको त्यो फन्डा थिएन भन्न पनि सकिँदैन। एलिनाले विवाह गर्न लागेका गीतकार समेत रहेका विष्णु बागलुङ निवासी हुन्। उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। एलिनाको स्थायी घर झापा हो।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid