July 22, 2024 | सोमवार, साउन ७, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची परराष्ट्र सचिव लम्साल आज चीन जाने ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान डेढ लाख घुससहित बिपी कोइराला क्यान्सर अस्पतालकी अधिकृत अख्तियारको नियन्त्रणमा पूर्व राज्यमन्त्री रायको हत्या बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित आज साउनको पहिलो सोमबार न्यूरोडमा पैदलमार्ग विस्तार गर्दा मेयर शाहले भ्रम फैलाएको स्थानीयको आरोप आज गुरुपूर्णिमा मनाइँदै सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु र बसको खोजी गर्न भारतीय टोली आइपुग्यो रास्वपाको संसदीय दलको बैठक बस्दै भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन – रास्वपा महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र यूएईबीच प्रतिस्पर्धा गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि

राम्री युवतीको फेसबुकमा रिक्वेस्ट आउने बितिक्कै साथी स्वीकार नगर्नुस्

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० ११:५९
राम्री युवतीको फेसबुकमा रिक्वेस्ट आउने बितिक्कै साथी स्वीकार नगर्नुस्
  • फेसबुकमा एउटा युवतीको फ्रेन्ड रिक्वेस्ट आयो
  •  केही नसोची फेसबुकमा साथी स्वीकार गरे
  • बालकुमारीस्थित बर्गर हाउसमा बोलाए 
  • सविन घुम्ने योजनासहित बालकुमारी पुगे
  • अर्को दिन उनीहरुले घुम्ने योजना बनाएर छुट्टिए
  • घर पुगेपछि भने सविन अनिताको म्यासेजले छाँगाबाट खसे
  • सविनलाई उनीहरुले सुरुमा ५० लाखको डिमाण्ड गरे

काठमाडौं ।।

ललितपुरका सविन श्रेष्ठ (नाम परिवर्तन) लाई साउन पहिलो साता फेसबुकमा एउटा युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । फेसबुकमा ती युवतीको नाम अनिता मगर राखिएको थियो । श्रेष्ठले युवतीको नाम र प्रोफाइल फोटो देख्नेबितिक्कै केही नसोची फेसबुकमा साथी स्वीकार गरे । सविन र अनिता फेसबुक साथी बने ।

साथी बनेको केही समयमै अनिताले म्यासेज गरिन्, “हलो सविन ।” सविनले त्यो बेला उनको म्यासेजको रिप्लाइ फर्काएनन् । त्यसको केही समयपछि उत्तर फर्काए । साथी भएको एक हप्तामै उनीहरुबीच माया प्रेमका कुरा हुन थाले । विवाहित सविन आफ्नी श्रीमतीले थाहा नपाउने गरी अनितालाई भेट्ने र घुम्ने योजनामासमेत पुगेका थिए । त्यसको लागि अनिताले सविनलाई १३ साउनमा बालकुमारीस्थित बर्गर हाउसमा बोलाए ।

सविन घुम्ने योजनासहित बालकुमारी पुगे । बर्गर हाउसमा बसेका उनीहरुले खाजा खाए । माया प्रेमका कुरा साटासाट गरे । अर्को दिन उनीहरुले घुम्ने योजना बनाएर छुट्टिए । सविन त्यो दिन अनितालाइ भेटेर खुसीसाथ घर फर्किए । तर, घर पुगेपछि भने सविन अनिताको म्यासेजले छाँगाबाट खसेजस्तै भए ।

अनिताले सविनलाई म्यासेजमा भनेकी थिइन्, “तपाईँ र म बीचको कुराहरु सबै मेरो दाइभाउजुले थाहा पाउनु भयो । अब म तपाईँलाई भेट्न सक्दिन । मेरो दाईले भनेअनुसार गर्नुहोला ।”

म्यासेजले सविनलाई के गर्ने के नगर्ने भन्ने त्रासमा पुर्‍यायो । उता अनिताका दाइ बताउने केही युवाहरुलेसमेत सविनलाई फोन र म्यासेजमार्फत् धम्की दिन थालिसकेका थिए । अनिताका दाइ बताउनेहरुले सविनसँग रकमको ठूलो बार्गेनिङ गरिरहे ।

त्यसरी बार्गेनिङ गर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ घर भइ भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घरभई भक्तपुर सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमिल्सेना थिए ।

उनीहरु बाहेक सिन्धुपाल्चोक बलेफीकै दिपक पराजुलीलेसमेत सविनलाई धम्क्याएर रकमको बार्गेनिङ गरिरहेका थिए । सविनलाइ रकम नदिए अनितासँगको सम्बन्ध उनकी श्रीमतीलाई जानकारी गराउनेदेखि मिडियामै सार्वजनिक गर्दिने भन्दै धम्काउन थालेका थिए ।

रकम बुझ्न आउँदा 

सविनलाई उनीहरुले सुरुमा ५० लाखको डिमाण्ड गरेका थिए । तर, सविनले ५० लाख दिन नसक्ने बताएपछि उनीहरु बार्गेनिङ गर्दै १० लाख रुपैयाँसम्म पुगेका थिए । सविन १० लाख रुपैयाँ दिन भने राजी भए । त्यो बेलासम्म सविनले आफू ‘हनी ट्रयापिङ’ मा परेको थाहा पाइसकेका थिए ।

आफूमाथिको घटनाबारे ललितपुर प्रहरीलाईसमेत जानकारी गराएर सविन आफूलाई बार्गेनिङ गर्ने युवाहरुलाई भेट्न गए । उनीहरुले सविनलाई बालकुमारी बर्गर हाउसमै बेलाएका थिए । सविनसँग १० लाख बुझ्न आएका उनीहरुलाई सविनले पहिलो चरणमा ३ लाख मात्रै रहेको भन्दै चेक थमाए ।

उनीहरु चेक बोकेर जाँदैगर्दा भने ललितपुर प्रहरीको फन्दामा परे ।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले युवती प्रयोग गरेर रकमको बार्गेनिङ गर्ने बिमल सुवेदी, सरोज तिमिल्सेना, दिपक पराजुलीसहित फेसबुकमा अनिता मगर नामबाट फेसबुक अकाउन्ट खोली साथी बनेर सविनलाई हनी ट्रयापमा पार्ने झापाकी सिया मगरलाइ पक्राउ गरिएको बताए ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दै जादाँ उनीहरुले सविन श्रेष्ठकै शैलीमा एक जना अर्का विवाहित पुरुषलाईसमेत त्यसैगरी फसाएर २८ असारमा तीन लाख २५ हजार रुपैयाँ लिइसकेको खुलेको छ । पक्राउ परेका दिपक पराजुलीले आफू गृह मन्त्रालयको प्रेस सल्लाहाकार हुँ भन्दै पीडितलाई धम्की दिनेगरेकोसमेत खुलेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको एसएसपी शाहले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्