May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ

विराटनगरमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:४७
विराटनगरमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता

विराटनगर । पूर्वको प्रतिष्ठित मध्येको विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिती एफसी खेल्दै छन् ।

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ । रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको ‘महेन्द्र गोल्डकप’ २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ ।

प्रतियोगिताको गत वर्षको संस्करणमा विराटनगर फुटबल क्लब विजेता बनेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट