May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

नाबालिग समलिङ्गी जोडीमाथि कुटपिट, प्रहरी र मानव अधिकार आयोगमा उजुरी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १३:४१
नाबालिग समलिङ्गी जोडीमाथि कुटपिट, प्रहरी र मानव अधिकार आयोगमा उजुरी

काठमाडौँ । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिगमाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिगलाई सुरक्षा प्रदान गर्न माग गरेका हुन्।

सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिगको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए। नाबालिगमाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पन्तले माग गरेका छन्।

‘१७ र १६ वर्षका नाबालिगलाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो,’पन्तले भने,‘सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा हुँदा समेत छानबिन गरी दोषीलाई कानुनी कारबाही नगर्नु लज्जास्पद छ।’

हिंसामा परेका नाबालिगको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भइरहेको छ। ‘एकातिर उमेर नपुगेका नाबालिग अर्कोतिर परिवारले कुटपिट गरेको घटना व्यक्तिको अनुमति बिना अतिरञ्जित गरेर सार्वजनिक हुँदा थप चिन्ता थपिएको छ,’मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले भने,‘हामी नेपाल सरकार, गृह प्रशासन, मानव अधिकार आयोग, स्थानीय जनप्रतिनिधि सबैलाई नाबालिगलाई सुरक्षा प्रदान गर्न हार्दिक अपिल गर्दछौ।’

मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु)ले समलिङ्गी नाबालिगहरुमाथि भएको लैङ्गिक हिंसा तत्काल अन्त्य हुनु पर्ने माग गरे।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।