May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो

डाक्टर कुट्ने २ जनालाई प्रहरीले समायो

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:२१
डाक्टर कुट्ने २ जनालाई प्रहरीले समायो
  • डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरी पक्राउ परे 

काठमाडौं ।।

डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका-१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा १२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् ।

उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगु पोजेटिभ देखिएको थियो ।

सञ्चो अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधानलाई घर पठाइएको थियो । तर केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।