April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

इटहरीमा खोला मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १४:१६
इटहरीमा खोला मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु

इटहरी उपमहानगरपालिकाले खोला र पैनी (कुलो) मिचेर बनाइएको भौतिक संरचना भत्काउन सुरु गरेको छ। बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो।

इटहरीस्थित टेङ्ग्रा खोलाको सिरानबाट डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए। ‘बारम्बार सूचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैँले भत्काउन सुरु गरेका हौँ,’ मेयर पौडेलले भने।

कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाइ छ। टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६–६ मिटर नछोडीकन बनेका भवन संरचना हटाउन सुरु गरेको बताए।

वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठुलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक वर्षाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। ‘अब आउँदो वर्षामा इटहरीमा खोलाको तटीय बस्तीमा बस्नेलाई जोगाउन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको हो,’ मेयर पौडेलले भने।

इटहरी उपमहानगरपालिकाको ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित क्षेत्र हुन्। २०७४ मा आएको बाढीका कारण सो क्षेत्रमा ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरू थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको महानगरले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट