April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मनकामना केबलकार २६ औँ वर्षमा प्रवेश

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १७:0४
मनकामना केबलकार २६ औँ वर्षमा प्रवेश
  • मनकामना केबलकार २६ वर्षमा प्रवेश
  • हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै
  • स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुने

काठमाडौं ।।

मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २५ वर्ष पहिले आफ्नो सेवा सुरु गरेको थियो । केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार यही वर्षभित्र एक अर्ब रुपैयाँ लागतमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिनेछ । हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै आएको केबलकारको स्पेयर पार्ट्स पाउन कठिनाइ भएकाले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।

उनका अनुसार अष्ट्रियाको डिप्पेलमेयर कम्पनीको डी-कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गरिनेछ । जसमा पहिलो चरणको काम सम्पन्न भइसकेको छ, बाँकी चरणको कामहरु आगामी भदौ, असोज महिनासम्म सम्पन्न गरिने श्रेष्ठले जानकारी दिए । “हाल पहिलो चरणको काम सम्पन्न भइसकेको छ । भदौ-असोजसम्म सम्पन्न हुन्छ । यसको लागि समान मनाइसेकेका छौँ, केही सामान आइसकेको छ,” श्रेष्ठले भने, “अबको चरणमा कन्ट्रोल सिस्टम, कम्युनिकेसन केबलको साथै केबलकारको केबुल लठ्ठा फेरिनेछ ।” स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुनेछ ।
यस्तै, सन् २०२५ देखि सुरु हुने गरी मनकामना केबलकार हाताभित्र नै रिसोर्ट निमार्ण कार्य भइरहेको छ । ४० कोठाको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा, सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रिसोर्टको लागत ५५ करोड रुपैयाँ हुनेछ । यो रिसोर्ट सञ्चालनमा आएसँगै मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य वनाउने लक्ष्य रहेको सञ्चालक श्रेष्ठले बताए । सुरुआती वर्षमा तीन-चार लाख यात्रु सेवा सुरु गरेकोमा हाल वार्षिक ११ लाख यात्रु पुगेको छ । यस केबलकारमार्फत गोरखास्थित मनकामना मन्दिरमा दर्शन गर्ने भक्तजन जान्छन् ।  यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको श्रेष्ठ बताउँछन् ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।