May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० 0७:४२
इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस

इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस
बिर्तामोड । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो ।

जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए ।

इलाम–२ मा एमालेले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ । नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ ।

तर माओवादी केन्द्रभित्र पनि इलाममा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत देखिएको छ । ‘कार्यकर्ताको तर्फबाट आफ्ना उम्मेदवार उठाउनुपर्ने दबाब छ, हामीले केन्द्रमा पार्टीले उम्मेद्वारी दिनुपर्छ भनेका छौं’, प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘आफ्नै उम्मेदवार उठाउनका लागि नाम सिफारिस गरेका हौं ।’

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० 0७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।