नागरिक उन्मुक्ति पार्टीले संघीय सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।
संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माका अनुसार बैठकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको हो।