May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

झापामा सात दिने भूतपस्यामा बसे मनोक्रान्ति साधक लिम्बू

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० 0८:२३
झापामा सात दिने भूतपस्यामा बसे मनोक्रान्ति साधक लिम्बू

बिर्तामोड । मनोक्रान्तिका एक साधक सात दिने भूतपस्यामा बसेका छन् । झापा कमल गाउँपालिका ७ का लिम्बू कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेसनको प्राङ्गणमा भूतपस्यामा बसेका हुन् ।

शनिबार दिनको तीन बजे मनोक्रान्तिका साधक गजेन्द्रबहादुर नेम्बाङले लिम्बूलाई तपस्यामा बसाएका थिए । ९ फिट गहिराइ र ९ फिट चौडाइको खाडलमा लिम्बूले सात दिन तपस्या गर्ने बताइएको छ । मानव जीवनमा आइपर्ने समस्याहरुको सामना गर्दै नेतृत्व क्षमता विकास गर्ने उद्धेश्यले भूतपस्या गर्न लागेको लिम्बूले जानकारी दिए ।

खाडल भित्र पराल विच्छ्याएर त्यसमाथि म्याट ओछ्याइएको छ भने एउटा व्ल्याङ्केट राखिएको छ । लिम्बूले खानका लागि पानीमात्र राखिएको छ भने पिसाब गर्नका लागि एउटा सानो भाँडो राखिएको छ । भित्तामा योगी विकासानन्दको फोटो झुण्ड्याइएको छ । कुनै अवरोध सिर्जना भए इलेक्ट्रिक बेल राखिएको छ ।

भूतपस्यामा बसेका लिम्बूलाई २३ गते दिनको तीन बजे डा. योगी विकासानन्दले जुस पिलाएर तपस्या अन्त्य गराउने कार्यक्रम रहेको विश्व परिवार अन्तर्राष्ट्रिय विभागका संयोजकसमेत रहेका नेम्बाङले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० 0८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।