नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न चैत्र २० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।