प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् ।
माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ ।’