April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

भारतले दाहाललाई महत्व दिएपछि एमालेसँग देउवाको संवाद

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:४२
भारतले दाहाललाई महत्व दिएपछि एमालेसँग देउवाको संवाद

काठमाडौँ । पाँच वर्ष आलोपालो सरकार चलाउने सहमति गर्दै निर्माण भएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन धर्मराउन थालेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।

स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्यका लागि त्यहीँबाट कुराकानी थालेको पाइएको छ।

जेठ ३० गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा बुधबार बिहान स्वदेश फर्किने कार्यक्रम भए बिहीबारसम्म आएका छैनन्। उनी कहिले फर्किन्छन् भन्ने यकिन नभएको कांग्रेसका एक नेताले बताए।

सिंगापुर भ्रमण लम्ब्याएर देउवा एमालेसँगको नयाँ सत्ता गठबन्धन निर्माणका लागि लागिपरेको स्रोतको दाबी छ। अमेरिका भ्रमणमा रहेका एमाले महासचिव शंकर पोखरेल र सिंगापुरमा रहेका देउवाबीच दुई पार्टीको सत्ता सहकार्यबारे कुराकानी भएको बुझिएको छ।

पुस १० गते आफूले प्रधानमन्त्रीमा समर्थन गरेका पुष्पकमल दाहाल प्रचण्डले फागुन २५ गते राष्ट्रपति चुनावसम्म आइपुग्दा कांग्रेससँगको गठबन्धनमा पुगेपछि एमालेले दुई ठूला पार्टी मिलेर सरकारलाई स्थायित्व दिनुपर्ने बताउँदै आएको छ।

एमालेले औपचारिक तथा अनौपचारिक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्न तयार भए आफू समर्था तयार रहेको प्रस्ताव देउवा समक्ष पुर्‍याए पनि उनले वास्ता गरेका छैनन्। पुस १० गते दाहाललाई कुनै पनि हालतमा प्रधानमन्त्री नदिन र आफू दलको समर्थन बोकेर बालुवाटार आउने वचन दिएका ओलीले अन्तिममा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि देउवाले एमालेको कुरालाई गम्भीरतापूर्वक लिएका थिएनन्।

ओलीले दिएको धोकाबाट बिच्केका देउवा प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि भने फेरिन थालेका हुन्। दाहालले जेठ १७ देखि २० गतेसम्म गरेको भ्रमणमा भारतले महत्व दिएपछि देउवा झस्किएको स्रोतले दाबी गरेको छ।

गठबन्धनमा भएको सहमतिअनुसार दाहालले आफूलाई प्रधानमन्त्री नदिने र कांग्रेसलाई दबाबमा राख्ने बुझेपछि देउवा एमालेसँगको छलफलमा जुटेका हुन्। तथापी कांग्रेसभित्र अहिलको गठबन्धन छाड्न नहुने मत बलियो रहेको छ।

दुवै पार्टीका नेताहरुले संवाद सुरु भएको स्वीकार गरे पनि ठोस उपलब्धि नभएको बताएका छन्।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट