April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको प्रति सांसद गौतमको आपत्ति

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १३:0४
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको प्रति सांसद गौतमको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालका प्रायः कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी राखिएको प्रति आपत्ति जनाएकी छन् ।
उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको र उनीहरूको न्यूनतम मानवअधिकार पनि हनन् भएको भन्दै संसद्‌मा प्रश्न उठाएकी हुन ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले यहीँ अवस्थाको कारागार सुधार गृहमा परिणत नहुने धारणा राखिन् । “कारागार अनुगमनमा जाँदा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखेको भेटियो । कैदीबन्दीमा पनि उत्पादनशिल हुन पाएनौँ भन्ने गुनासो थियो,” उनले भनिन् ।

सांसद गौतमले कारागारबाट सुध्रिएर नभई आपराधिक मानसिकता हाबी भएर निस्कने खतरा बढेको जानकारी गराइन् । “सुधार गर्न भनेर लगिएकाहरू सुधार भएर आउने अवस्था छैन । राज्यको उद्देश्य पूर्ति होला जस्तो छैन । उनीहरू डिप्रेसन भएर आउने देखिन्छ बाहिर निस्किएपछि आपराधिक घटना घटाउँछन् भन्ने देखिन्छ,” उनले भनिन् ।

बैठकमा बोल्दै उनले सुधार गृह प्रभावकारी नभएको भन्दै थपिन्, “७०० ग्राम चामल र ८० रुपैयाँ हरेक दिन दिने गरेको छ । कैदीहरू पनि उत्पादनशिल भएनन् । उहाँहरूले पोषणयुक्त खान पाउनुभएको छैन । यहाँ कुरा मिलेन ।”

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट