May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

संसद् र संसदीय समिति सक्रिय रुपमा चलेनः सांसद दाहाल

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १४:३६
संसद् र संसदीय समिति सक्रिय रुपमा चलेनः सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले संसद् र संसदीय समिति सक्रिय रुपमा नचलेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदीय समितिमा १५ वटा र संसद्मा ७ वटा विधेयक छलफलमा भएपनि ती विषयमा गम्भीरताका साथ छलफल नभएको बताएका हुन् ।

सदनमा पेश भएका विधेयकहरुमा सार्थक बहसको वातावरण निर्माण गर्न पनि उनले सबैलाई आग्रह गरे । विगतको सदन र सरकार सञ्चालन भएको भन्दा फरक तरिकाबाट सञ्चालन गरेर विद्यामान चुनौतिहरुको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

सदन आफैंमा जनताको प्रतिनिधित्व गर्ने थलो भएको स्मरण गराउँदै उनले आंशिक विषयमा महिनौं अवरुद्ध गर्न नहुने उनले बताए । नेता दाहालले अप्रत्यक्ष रुपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बचाउसमेत गरे । कांग्रेसले जबरजस्त रुपमा एउटै विषय केन्द्रीत गरेर जनतामा निराशा पैदा गराएको समेत बताए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।