April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

पोखराका मेयरको पुत्ला दहन गरियो

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० ११:५0
पोखराका मेयरको पुत्ला दहन गरियो
  • पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन
  • राप्रपाद्वारा मेयर आचार्यको पुत्ला जलाइयो 
  • पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने राप्रपाको माग 

पोखरा ।।

पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ । मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो ।

आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।

महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।

पोखराका मेयर धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने उनले माग गरे ।

चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको आरोप राप्रपाको छ । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने गुरुङको भनाइ छ । मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मेयर आचार्यले भने सर्वदलीय बैठकको निर्णयअनुसार पृथ्वीनारायणको प्रतिमा हटाएको बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मेयर आचार्यको कदम निन्दनीय भएको बताएका छन् । पृथ्वीचोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न लिङ्देनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।