May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:0९
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको कसुरमा निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ।

बुधवार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले न्यायाधीश गिरीलाई तारेखमा छाड्न उच्च अदालतको दिएको आदेश बदर गरी उनलाई थुनामै राख्न आदेश दिएको हो। गिरीमाथि उनको श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएकोमा जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेको थियो भने उच्च अदालतले समेत जिल्ला अदालतको आदेश सदर गरेको थियो।

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नीले सर्वोच्च अदालतमा पुनरावेदन दिएकी थिइन्। उनले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेकी थिइन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।