May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:२१
प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो।

प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न आग्रह गरेको थियो। त्यसपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता पनि प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ।

कतिपय स्थानीय तहबाट सूचना बेवास्ता गरिएकोले त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बखत काटिने प्राधिकरणको चेतावनी छ । यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।