May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:५६
नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय

धादिङ जिल्ला अदालतका न्यायधिश स्वीकृति पराजुलीको इजलासले मङ्गलवार तामाङलाई ६ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो । जिल्ला अदालतले बलात्कार गर्नेलालाई ६ वर्ष जेल सजाय, पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा एक हजार दुई सय रकम तिर्नुपर्ने अन्तिम फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।

वृद्ध बलात्कारको मुद्दा १८ औँ पेसीमा फैसला भएको देखिन्छ । २०७० चैत ३ गते तत्कालीन अवस्थामा ७० वर्षीया महिलालाई बलात्कार गरेका आरोपित विरुद्ध पीडित पक्षले २०७१ वैशाख ४ गते सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

पीडित पक्षले उजुरी दिए पनि आरोपित फरार भएका कारण २०७१ मङ्सिर १० गतेबाट मुद्दालाई मुल्तबीमा राखिएको थियो ।हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ । लामो समय मुल्तबीमा रहेको मुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो । घटनामा संलग्न तामाङ हाल पनि फरार छन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।