May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

सुनसरीको हरिनगर लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १२:२३
सुनसरीको हरिनगर लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाण्डौ – सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । समस्या समाधानको लागि छलफल भैरहेको बेला हिजो एक्कासी एक समूहले प्रदर्शन थालेपछि प्रहरीले केही राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दा ९ जना प्रहरी घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सामाजिक सद्भाव कायम राख्नको सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नम्बर १ र ७ मा कफ्र्यु आदेशलाई कायमै राखेको उनले बताए । कर्फ्यू लागे पनि स्थानीय नागरिकको दैनिकी नरोकिने उनको भनाइ छ । भेला, जुलुस,र्‍यालीलाई मात्रै कडाइ गरिएको तर किनमेल र अरु कामको लागि हिँडडूल गर्न नरोकिएको उनले जानकारी दिए ।

गएको बिहीवार एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट