May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

टेरामक्स जडानमा २ करोड ग्राहकको गोपनीयताको कुरा महत्वपूर्ण हुन्छ : टेलिकम

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:५४
टेरामक्स जडानमा २ करोड ग्राहकको गोपनीयताको कुरा महत्वपूर्ण हुन्छ  : टेलिकम
  • ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीर
  • आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ
  • कानुनको प्रतिक्षामा छौं

काठमाडौं ।।

नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीरता जताएको छ । बुधबार संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले टेरामक्सको विषय २ करोड ग्राहकको गोपनीयतासँग जोडिएको बताएकी छन् । उनले नियामक निकाय प्राधिकरणले टेरामक्स ल्याउनुअघि नै मोनिटरिङ (निगरानी) प्रणाली रहेको बताएकी छन् ।

लेखा समितिको बैठकमा बोल्दै उनले भनिन्,“हामी कानुनको प्रतिक्षामा छौं । काम  गर्ने प्रणाली हामीसँग छ । हामीसँग रेभिन्यु एसोरेन्स सिस्टम छ । आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ ।” प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शिताका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट