sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १0:४0
उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगले आजै उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर आचारसंहिता पालना गर्नरगराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ।

यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्नेरगराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

यस्तै, आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मतदान भने वैशाख १५ गते शनिबार हुनेछ। उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनावचिह्न प्रदान गरिएको छ। इलाम २ को उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएकामा एक जनाले स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि १२ दलीय र सात स्वतन्त्र गरी १९ जना प्रतिस्पर्धामा छन्।

उता बझाङमा प्रदेशसभा उपनिर्वाचनका लागि मनोनय दर्ता गराएका १२ जनामध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बझाङ प्रदेश सभा १, का लागि उम्मेदवारी दिएका नेपाली जनता दलका अशोक सुनारले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid