December 3, 2024 | मङ्लबार, मंसिर १८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० ११:५३
इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

सामाजिक सञ्जाल टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्सटाग्रामलाई चुनौती दिन फोटो सेयरिङ एप ल्याउने भएको छ । कम्पनीले फोटो र टेक्स्टलाई ‘प्रतिबद्ध स्थान’ दिनका लागि काम गरिरहेको जानकारी दिएको हो ।

केही टिकटक प्रयोगकर्ताहरूले उनीहरूको फोटो पोस्टहरू नयाँ ‘टिकटक नोट्स’ मा सेयर गरिने नोटिफिकेसन समेत पाएका छन् । सामाजिक सञ्जाल कम्पनीले एक अर्काको उत्पादनलाई नक्कल गरेको यो पछिल्लो उदाहरण हो । यसअघि इन्सटाग्रामले टिकटकको भिडियो टूलजस्तै ‘रिल्स’ सुरुवात गरेको थियो ।

टिकटकले नोट्स एपको डिजाइन पूरा भने गरिनसकेको बताएको छ । कम्पनीले यो कहिले रिलिज गर्ने भन्नेबारे पनि कुनै जानकारी दिएको छैन ।

तर, केही प्रयोगकर्ताहरूले प्राप्त गरेको नोटिफिकेसन अनुसार नयाँ एपले ध्वनि र फिल्टरसहित फोटोहरू अपलोड र सेयर गर्न दिनेछ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्