May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

नेप्से १० अंकले घट्यो

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १६:३३
नेप्से १० अंकले घट्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । आइतबार र मंगलबार गरी ३१ अकंमाथिले बढेको नेप्से सूचक तेस्रो कारोबार दिन बुधबार १०.७१ अंकले घट्दै २ हजार २५.३० अंकमा ओर्लिएको हो । सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।

बुधबार नेप्से सूचक घटेसँगै यता कारोबार समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन ९ अंकले नेप्से बढेको बजारमा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।

बुधबार म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको दुईवटा उपसूचक बाहेक अरु ११ वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१३ प्रतिशत र १.४६ प्रतिशतले बढेका छन् ।

कूल २४५ कम्पनी मध्ये आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।