April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

‘पुतली बाजे’ को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:४१
‘पुतली बाजे’ को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

पोखरा । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो ।

पोखरा महानगरपालिकाले उनको सम्मानमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर संग्रहालयमा राखिएको महानगर प्रमुख आचार्यले बताए। उनले पुतली बाजे आफ्नो मिसनमा भएको र वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने काममा लागेको स्मरण गरे । उनले काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा स्मिथको ठूलो योगदान रहेको बताए । उनका योगदानलाई चिरस्थायी बनाउनु महानगरपालिकाको कर्तव्य भएको आचार्यले बताए ।

पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको थियो । नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए । २०२२ सालमा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए ।

२०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिब २५ हजार पुतली संग्रह गरेका थिए । विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन् । ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा बसे ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।