October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मन्त्रालय भागबन्डामा सकस, पुष्पकमल दाहालले सुम्पिन सकेनन अरुलाई जिम्मेवारी

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १0:२९
मन्त्रालय भागबन्डामा सकस, पुष्पकमल दाहालले सुम्पिन सकेनन अरुलाई जिम्मेवारी

काठमाडौं 
१६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्।

करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ।

कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३÷३, लोसपा र जनमतले २÷२, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्। यस्तै रास्वपाले २ नागरिक उन्मुक्ति र जनमोर्चाले १÷१ मन्त्रालय दाबी गरिरहेका छन्।

तर, बुधबार बसेको गठबन्धनको बैठक १० दलको आकांक्षा बुझ्न मात्रै केन्द्रित रह्यो। बैठकमा सबै दलको आकांक्षा बुझ्ने काम भएको माओवादी महासचिव देव गुरुङले बताए।

माओवादीले गृह र अर्थमध्ये कुन मन्त्रालय दाबी गर्छ भन्ने प्रश्नमा उनले भने, ‘कुन मन्त्रालय कुन दलले राख्दा सहज ढंगले काम गर्न सकिन्छ भन्ने हेर्ने हो। मन्त्रालय अंककै लागि लिएर प्रभावशाली नतिजा दिन सकिएन भने त्यसको कुनै अर्थ छैन।

पहिला साना दलको आकांक्षा बुझेपछि मात्र ठूला दलका विषयमा चर्चा हुने उनले बताए। भागबन्डामा आफ्नो पार्टी बाधक नबन्ने पनि गुरुङले बताए। ‘माओवादीले कुनै एक मन्त्रालय अर्को दललाई छाडेर सरकार नतिजा ल्याउने तवरले चलाउन सकिन्छ भने माओवादी अवरोध बन्दैन’, उनले भने, ‘निचोडमा पुगेका छैनौं। शुक्रबारसम्म यो विषय टुंगिन्छ।’

यति बेला १० दलले सहमतिको जगमा टेकेर त्यहीअनुरूप मन्त्रिपरिषद् गठन गर्नुपर्ने चुनौती देखिएको छ। गठबन्धन दलबीच असन्तुष्टि देखिए प्रधानमन्त्री दाहाललाई ठूलो सकस हुन सक्छ। सरकारसँग मन्त्रालय टुक्राउने छुट पनि छैन। ‘मन्त्रालय टुक्राउन संविधानले दिँदैन’, उनले भने।

कांग्रेस महामन्त्री गगन थापाले विश्वासको मत दिने दलको संख्या र सरकारमा जान चाहेका दल धेरै भएका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या सिर्जना हुन सक्ने बताए। ‘समस्या सिर्जना हुन सक्छ। मन्त्री मात्रै नहेरी मन्त्रीभन्दा बाहिर बसेर पनि सरकारलाई सहयोग गर्न सकिन्छ भन्नेतिर पनि सोचौं’, उनले भने, ‘यसपटक देश बनाउनेतिर सोचौं।

सबैले मन्त्रालय खोजेपछि त पक्कै पुग्दैन। नभएको संख्या प्रधानमन्त्रीले पनि कहाँबाट सिर्जना गरेर दिनुहुन्छ र ? त्यसैले यो विषयमा बृहत् छलफल हुन्छ।’

गठबन्धनमा सहभागी दल धेरै रहेकाले मन्त्रिपरिषद् विस्तार एकदमै गाह्रो देखिएको थापाले बताए। ‘मन्त्रालय थोरै छन्, धेरै दल छौं। आकांक्षी सबै दलभित्र बहुमत छ। यो विषय आजै टुंगिने नै हैन। १–२ दिन लाग्छ’, उनले भने।

बुधबारको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल यथावत् भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए।

‘सहमति बन्नेबित्तिकै तत्काल हुने कुरै हैन। हामी निरन्तर छलफलमै छौं। मन्त्रालय बाँडफाँटको काम टुंगिनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ। अहिले कसले कुन मन्त्रालय भन्ने कुरा भएको छैन’, उनले भने, ‘सबैको आकांक्षा बुझ्ने काम भएको छ। सबै दलले आआफ्नो दलभित्र पहिला टुंग्याउनुपर्ने पनि आवश्यकता देखिएको छ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीबाट कसलाई पठाउने भन्ने विषय नटुंगिएकाले कुन मन्त्रालय कसको भागमा भन्न सकिने अवस्था नरहेको बताए। ‘यसै त हाम्रो पार्टी पनि ठूलो छ। आकांक्षी साथीहरूको पनि लर्को ठूलै छ। पार्टीभित्रै साथीहरूसँग छलफल गरेर कसलाई सरकारमा पठाउने भन्ने विषयमा सभापतिजीले निर्णय लिइसक्नुभएको छैन’, उनले भने।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति खड्का, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेता सहभागी थिए।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्