गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाउने निर्णय भएकाे छ।
मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेकाे बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।
उनका अनुसार बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय अलग्गै बनाउने निर्णय भएको छ।
यसअघि गत वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराज अधिकारीले नै गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटा बनाएका थिए। तर अहिले उनैले भागबन्डा मिलाउन मन्त्रालयकाे संख्या बढाउने निर्णय गरेका हुन्।