sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ ११:४२
यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान

काठमाडौं । मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मान गरिएको छ । यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका अवसरमा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली समाजका संस्थापक उपाध्यक्ष एवं विगत चार दशकदेखि यूएईमा रहेका समाजसेवी चन्द्रप्रसाद सापकोटाको हातबाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो । त्यसैगरी, नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नवीन कार्कीलगायतले दोसल्ला ओढाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रप्रसाद सापकोटाले यूएईमा रहेर साहसिक काम गर्दै आफूलाई अग्रस्थानमा ल्याउन सफल तथा निरन्तर कोसिस गर्दा एकदिन अवश्य सफल होइन्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली साहसिक चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा बोल्दै दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठले विदेशी भूमिमा रहेर अनेकौं बाधा अड्चनलाई पार गर्दै चाहना भए के सम्भव हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजारौं नेपाली महिलाको प्रेरणाको स्रोत बनी नेपाली महिलालाई सक्षम बन्नका निम्ति दिएको योगदान उदाहरणीय रहेको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid