April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित )

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १८:२४
किशोर दुलालको “समर्पण”  सार्बजनिक ( भिडियोसहित )

युवराज रेग्मी / गौरादह : झापा गौरादहका कलाकार किशोर दुलालले आफ्नो श्रब्यदृश्य गित “समर्पण” सार्बजनिक गरेकाछ्न ।
नयाँ बर्षको अबसर पारेर बैशाख १ गते दुलालले आफ्नो गित ” समर्पण” सार्बजनिक गरेकाहुन ।

नेपाली समाजको वास्तविक अबस्थाको चरीत्रचित्रण गरिएको गितमा समाजमा घट्ने घटनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
अक्सर नेपाली समाजमा आफ्नो श्रीमानको मृत्युपश्चात् महिलाले भने जिबनभर बिधवा रहेर दिगम्बत श्रीमानका परिवारको हेरचाह गर्दै बियोगपुर्ण जीवन बिताउने गरेको पाइन्छ । त्यसको ठिक बिपरित कुनै पुरुषको आफ्नो श्रीमती मृत्यु भएमा बर्षदिन पनि नबित्दै अर्कि कान्छी श्रीमती भित्र्याउने र आफ्नो पुरानो जीवन बिर्सिएर नयाँ जिबनमा रमाउने गरेको पाइन्छ । तर यस गितमा भने एक पुरुष आफ्नी श्रीमतिको मृत्युपश्चात् तिनै दिगम्बत जीवन संगीनिको सम्झनामा बिछोडको पिडामा तड्पिदै रुदैगरेको अवस्थालाइ चरित्र चित्रण गरिएको छ ।

अक्सर गितहरुमा एक प्रेमी वा प्रेमिकाले साथ छोडेर अरुसँग सजिएर जाँदा बिछोड भएको देखाइन्छ तर यो गितमा आफ्नो प्रिय पात्र संसारबाटै बिदाभएर जाँदापनि बिछोड हुन्छ भन्ने कथाबस्तु लाई गितमा प्रस्तुत गरिएकोछ।

 

गितमा आफ्नी जीवनसंगीनिको अकस्मात मृत्युपश्चात् बिछोडमा तड्पिएर जुनिभर रुदै श्रीमतीको सम्झनामा बाँकी जीवन समर्पण गरेको अवस्थाको कथाबस्तु लाई श्रब्यदृश्य मार्फत प्रस्तुत गरिएकोछ ।

गौरादह नगरपालिका वडा न ३ का स्थानिय दुलाल काठमाडौ बानेश्वर स्थित युनिक एजुकेसन कर्नरका निर्देशनहुन ।
प्रबिन थापा द्वारा निर्देशीत उक्त गितमा कलाकारहरु अनु साह, किशोर दुलाल, रोशन भुसाल , नबराज भट्टराई लयायतले आफ्नो बेजोड प्रस्तुति पस्किएकाछन ।

पबन रानाभाटको संयोजन तथा रेकर्डमा उक्त गित धादिङ जिल्लाको धुनिबेशी नगरपालिका स्थित धुलिखेल अस्पतालको धुनिबेशी साखा परिसर लगायतका स्थानमा छायांकन गरिएको छ साथै “फाइन ट्युन”ले उक्त गित बजारमा ल्याएको छ ।

 

हेर्नुहोस भिडियो :

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।