April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

इन्स्टाग्रामबाट युवतीको फोटो निकाली ‘कल गर्ल’ भन्दै ‘डील’ गर्ने दुई जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:१२
इन्स्टाग्रामबाट युवतीको फोटो निकाली ‘कल गर्ल’ भन्दै ‘डील’ गर्ने दुई जना पक्राउ

काठमाडौं : इन्स्टाग्रामबाट युवतीको फोटो निकाली दुरुपयोग गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो।

उनीहरूले ह्वाट्स एपमा ‘नेपाली कल गर्ल’ भन्ने ग्रुप बनाएका थिए। उक्त ग्रुपमा इन्स्टाग्रामबाट विभिन्न युवतीहरूको फोटो निकाल्ने र विभिन्न व्यक्तिहरूलाई पठाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

त्यसपछि उनीहरूले युवतीको फोटो पठाएर निश्चित पैसा र स्थान बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ। उनीहरूले विभिन्न पुरुषहरूलाई बार्गेनिङ भएको रकममध्ये आधा पैसा पाएपछि युवतीलाई तोकिएको स्थानमा पठाउने भन्दै म्यासेज पठाउँथे। कतिपय पुरुषले उनीहरूले भनेबमोजिम आधा पैसा दिन्थे तर तोकिएको स्थानमा युवती पुग्दैनथिन्। आधा पैसा पाएपछि उनीहरूले ह्वाटसएपमा ती पुरुषलाई ब्लक गर्ने गरेको प्रहरीले जनाएको छ।

उनीहरूले कल गर्ल चाहिएमा निश्चित ह्वाटसएप नम्बर सामाजिक सञ्जालमा राखेका थिए। महिलाको फोटो छनौट गरेपछि अनलाइनमार्फत् पैसा तिर्नुपर्ने समेत सामाजिक सञ्जालको ग्रुपमा सूचना राखेका थिए।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।