July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १0:२८
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

काठमाडौं । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन् ।

उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको बातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन् ।

त्यसअघि आफ्ना सबै सरकारी काम रोकेको उनको भनाइ छ । भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध न्यायिक छानविन सुरु भइसकेको छ ।

त्यसो त प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथि लगाइएको आरोप गलत भएको समेत दाबी गरेका छन् । ‘यो आरोप गलत हो । तर यस्तो आरोप लागिसकेपछि मैले जिम्मेवारीमा रहिरहन मिल्दैन,’ उनले टिप्पणी गरेका छन्, ‘मैले केही समय कामहरु रोकेर सोच्नुपर्छ, मैले सरकारको नेतृत्व गरिरहने वा यसलाई सम्मानपूर्णरुपमा त्याग्ने भन्ने प्रश्नको जवाफ तत्काल खोज्नुपर्छ ।’

प्रधानमन्त्री पत्नी गोमेजविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपबारे भने केहीखुलाइएको छैन ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्