July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

घाइतेको उपचार खर्च ब्यहोर्ने सर्तसहित हाजिर जमानीमा छुटे कमिडी च्याम्पीयनका निर्देशक विशाल भण्डारी

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १५:0७
घाइतेको उपचार खर्च ब्यहोर्ने सर्तसहित हाजिर जमानीमा छुटे कमिडी च्याम्पीयनका निर्देशक विशाल भण्डारी

दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा छुटेका छन्।

भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा रहेका उनीहरूलाई शनिबार हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक भण्डारी र पुजन अधिकारीलाई घाइतेका परिवारसँग सहमति गरी छाडिएको डिएसपी पाठकले जनाए। सहमतिअनुसार निर्देशक भण्डारीले घाइतेको सबै उपचार खर्च ब्यहोर्नुपर्ने छ। गत बिहीबार बिहान साढे ३ बजे भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटना भएको थियो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई टिपरमा ठोक्किँदा ६ जना घाइते भएका थिए।

मापसे गरी सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको डिएसपी पाठकले बताएका छन् । कार निर्देशक भण्डारीले चलाएको बताइएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्