sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १७:४९
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड

गुल्मी । नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले गुल्मी जिल्लामा भएको आगलागी बाट पीडित पूर्णरूपमा विस्थापित घरपरिवारलाई तत्काल स्थायी घर निर्माण गरिदिन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्नु भएको छ ।

आज एक विज्ञप्तीमार्फत एमालेका युवा नेता अर्यालले लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रण गर्न चालू आवमा विनियोजित एक करोड भन्दा बढी रकम र डिभिजन वन कार्यालयले खर्च गरेको करिब पाँच लाख रुपैयाँको खर्च कहाँ – कहाँ भयो र परिणाम के भयो ? त्यस्को खोजविन हुनुपर्ने पनि बताउनु भएको छ ।

अर्यालले भन्नू भएको छ – गुल्मीमा करिब १२ सय हेक्टरमा आगलागी भएको छ । यसबाट वनजंगल डढेलोमय बनेको छ । ६० भन्दा बढी घरपरिवार पूर्णरुपमा विस्थापित हुन पुगेका छन् । ती परिवारका घरमा रहेका भाडाकुडा , लत्ताकपडा ,अनाज र गोठ सहित चौपाया सखाप भएका छन् । आगलागी बाट विस्थापित घरपरिवार अहिले बिचल्लीमा छन् । जो अहिले छिमेक र नातापाताको सहारामा छन् । तत्काललाई विभिन्न ब्यक्ति , संघ सस्थाले जीवनको दैनिक गर्जो टार्ने सहयोग पुर्याएका छन् । तत्काल सघाउ पुगेपनि स्थायी घरको चिन्ताबाट ग्रसित देखिन्छन् ।

यसर्थ स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारले विस्थापितहरुका लागि तत्काल स्थायी घर निर्माणमा पूर्णआर्थिक सहयोग गर्दै वर्षायाम अगावै आफ्नै घरमा बस्ने प्रवन्ध मिलाउन आग्रह गर्दछु । साथै लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रणका लागि चालू आवमा विनियोजित एक करोड भन्दा बढी रुपैयाँ के- के मा र कहाँ -कहाँ खर्च भयो ? त्यस्को परिणाम के देखियो ? गुल्मीमा डढेलो नियन्त्रणका लागि डिभिजन बन कार्यालय गुल्मीको करिब पाँच लाख रुपैयाँ कहाँ खर्च भयो ?यस्को खोजबिन गर्न जरुरी छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid