April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

सिंहदरबारमा २४ घण्टा नै मेलम्चीको पानी

  • साझा परिवेश
  • बिहिबार, माघ २६, २०७९ 0९:५६
सिंहदरबारमा २४ घण्टा नै मेलम्चीको पानी

काठमाडौँ । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।

बुधवार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भए पछि आज देखी २४ घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ । उनका अनुसार त्यसका लागि पाइप बिछ्याउने, वितरण गर्ने, पानी वितरणको परीक्षण लगायत आवश्यक सबै तयारी पूरा भइसकेको छ ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिसकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घण्टा नै पानी वितरण हुनेछ ।

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरू जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरू निमार्ण गरेको छ । जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हो ।

यसअघि बोरिङबाट सिंहदरबारमा पानी वितरण गरिँदै आएको थियो । मेलम्चीबाट पानी वितरण हुने भए पछि सिंहदरबारको भूमिगत पानीको संरचना स्थल क्रमशः पुरानै स्थितिमा फर्कने वातावरणविद्हरूले जनाएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, माघ २६, २०७९ 0९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट