काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दिनानुदिन डढेलोका घट्ना बढेपनि यसको नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् ।
उनले डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसकेको र अरबौँको सम्पत्तिमा क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले भनेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?