May 23, 2025 | शुक्रबार, जेष्ठ ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर 

  • साझा परिवेश
  • बुधबार, बैशाख ४, २०८२ १९:२५
कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर 

बालुवाटार क्षेत्रको सडकमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गर्ने घटना सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं महानगरपालिकाले ती नगरप्रहरीलाई तत्काल बर्खास्त गरेको छ। भिडियोमा देखिएअनुसार कवाडी संकलकलाई कुनै कारणबिना दुर्व्यवहार गरिएको थियो।
लछारपछार गर्दै गरेको भिडियो बनाइरहेका स्थानियलाइ पनि उक्त नगर प्रहरिको समुहले भिडियो नखिच्न भन्दै हप्काएका थिए ।
महानगरका प्रवक्ताले जनाए अनुसार यस्तो अमानवीय व्यवहार कुनै हालतमा स्वीकार्य छैन। बालुवाटार जस्तो उच्च सुरक्षा क्षेत्रमै यस्तो घटना हुनुले सुरक्षातन्त्र र नगर व्यवस्थापनप्रति प्रश्न उठाएको छ।
सामाजिक न्याय र मानवअधिकारको पक्षमा उभिएको महानगरले दोषीमाथि कडा कारबाही गर्दै अन्य नगरप्रहरीलाई पनि चेतावनी दिएको छ।
पछिल्लो समय काठमाडौ उपत्यकाका कवाडी व्यवसायलाई मानव बस्ती भएको ठाउँबाट हटाउने अभियानमा महानगर लागेको छ ।
सोही सन्दर्भमा साइकलमा कवाडी उठाएर हिड्नेहरुलाइ पनि महानगर प्रहरिले धरपकड गर्दै आइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ४, २०८२ १९:२५

प्रतिक्रिया

नेपाल अपडेट