July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १0:४३
चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी

झापा । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार विभिन्न कार्यक्रम गरी २८ औँ राष्ट्रिय चिया दिवस मनाएको छ । नेपाल चियामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने मुलुकमा पर्छ तर विडम्बना सरकारसँग गुणस्तर परीक्षणका लागि आफ्नो प्रयोगशाला (ल्याब) छैन । प्रयोगशाला स्थापनाका लागि बोर्डले प्रयास नगरेको होइन तर हालसम्म त्यो प्रयास सफल नभएको बोर्डका निमित्त प्रमुख दीपक खनालले बताए । यद्यपि आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मापदण्डको चिया तथा कफी परीक्षणका लागि (प्रयोगशाला) ल्याब स्थापना गर्ने सम्भावना देखिएको उनले बताए ।

चिया निर्यात गर्नका लागि परीक्षण गर्दा भारतको ल्याबमा भर पर्नु परेको छ । आफ्नो ल्याब स्थापनाका लागि अर्थ मन्त्रालयसँग बजेटका लागि आग्रह गरेको बोर्डका निमित्त प्रमुख डा. दीपक खनालले बताए । “हाम्रो साना साना प्रयोगशाला छन्, त्यसको परीक्षणलाई अन्तर्राष्ट्रिय मान्यता छैन, अन्तर्राष्ट्रिय मान्यता पाउने गरी आफ्नै ल्याब स्थापनाका लागि पहल गरिरहेका छौँ,” उनले भने, “बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयले प्रस्ताव माग गर्दा हामीले ल्याबको व्यवस्था गरिदिन प्रस्ताव गरेका छौँ, आशा छ अगामी आवमा ल्याब स्थापना हुन्छ ।”

अहिले पनि चिया तथा कफीको परीक्षण खाद्य तथा गुण नियन्त्रण विभागको ल्याबमा गराइरहेको बताउँदै उनले त्यहाँ पनि सबै प्रकारको परीक्षण सम्भव नभएको बताए । गुणस्तरको बहानामा भारतले पटक पटक निर्यातमा अवरोध पु¥याउँदै आएको छ, हालै मात्र गुणस्तरको बहाना देखाउँदै काँकडभिट्टा नाकामा १७ ट्रक चिया रोकेको थियो तर सरकार तथा विभिन्न सङ्घ संस्थाको पहलमा हाललाई भारततर्फ गएका छन् तर समस्या अझै समाधान नभएको उनले बताए ।

समस्या समाधानका लागि पहिलो कुरा अन्तर्राष्ट्रिय मापदण्डको आफ्नै ल्याबको आवश्यकता रहेको उनले बताए । नेपाली चियाको गुणस्तर परीक्षणका लागि भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा जानु परेको छ, त्यसले व्यापारीलाई निकै झन्झट भइरहेको छ । आफ्नै देशमा ल्याब भइदियो भने चियाका धेरै समस्या समाधान हुने विश्वास बोर्डको रहेको छ । नेपालमा उत्पादन हुने चियामध्ये ९९ प्रतिशत चिया कोशी प्रदेशमै उत्पादन भएकाले त्यहाँ ल्याब स्थापना गर्नुपर्ने बताइएको छ । नेपालमा चिया उत्पादन गर्ने ३० वटा अर्थोडक्स र ३८ वटा सिटिसी ६८ वटा ठुला उद्योग सञ्चालनमा छन् तर गुणस्तर परीक्षण गर्ने अन्तर्राष्ट्रिय मापदण्डको एउटा पनि ल्याब नरहेको बोर्डका निमित्त प्रमुख खनालले बताए ।

नेपालमा हाल २० हजार पाँच सय हेक्टरमा चिया खेती हुँदै आएको छ । त्यसबाट दुई करोड ८० लाख केजी चिया उत्पादन हुने गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट