April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी 

पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १३:४१
पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

इलाम-२ काे उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन याेङहाङ लिम्बुले आगामी दिनमा पनि भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

पराजयपछि आफूलाई मतदान गर्ने इलामेली जनतालाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ,’ मिलनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौँ।’

शनिबार भएकाे इलाम-२ काे उपनिर्वाचनमा मिलनले जमानत नै जफत हुने गरी नमिठाे हार व्यहाेरेका थिए। एमालेका उम्मेदवार सुहामङ नेम्वाङले जिते निर्वाचनमा उनी पाँच हजार मत कटाएर चाैथाे स्थानमा छन्।

प्रेस विज्ञप्ति :

हार्दिक आभार एवम् धन्यवाद !
प्रिय इलामेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
सर्वप्रथम यहाँहरु सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु।

नेपालको राजनीतिक प्रणालीलाई थप सुदृढ गर्न र दलीय प्रतिस्पर्धासहितको लोकतन्त्रलाई मजबुद पार्न यहाँहरुले गर्नुभएको मतदान आफैमा एउटा बलियो आधारस्तम्भ हो भन्ने मलाई लागेको छ।

निश्चय पनि निर्वाचनको प्राविधिक पक्ष प्रतिस्पर्धीहरुमध्येबाट एक जनाले श्रेष्ठता हाँसिल गर्ने प्रणाली हो।

चुनावी मैदानमा हामी प्रतिस्पर्धीहरु मध्येबाट विजयी हुनुहुने सुहाङ नेम्बाङले प्रतिस्पर्धा जित्नुभएको छ। उहाँलाई म र मेरो पार्टीको तर्फबाट हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।

राजनीतिक रूपमा संघीय संसदमा इलाम-२ को प्रतिनिधिविहीनता अन्त्य भएको छ। त्यसको श्रेय तपाई हमी सबै इलाम-२ वासीलाई जान्छ। यसर्थ, यस उपनिर्वाचन हमी सबैको निम्ति उत्साह र खुशीको पल हो।

निर्वाचन प्रचार प्रसारका दौरान मलाई र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनतामाझ पुर्याउन अहोरात्र खट्नु हुने पार्टीका सभापति, उपसभापति, केन्द्रीय नेतृत्व लगायत नेता, कार्यकर्ताज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु। मलाई मुठ्ठी दान गरेर सहयोग गर्नुहुने, नैतिक, प्राविधि र अन्य किसिमले सहयोग गर्नुहुने सबैमा एकपुष्ट आभार र धन्यवाद व्यक्त गर्दछु।

मलाई र मेरो पार्टी रास्वपालाई विश्वास गरेर मतदान गरिदिनुहुने सम्पूर्ण मेरा मतदाता र इलाम-२ का आम मतदाताप्रति कृतज्ञ छु र रहिरहने छु। मैले उम्मेद्वार हुँदैगर्दा नै भनेको छु– म निर्वाचनमा विजयी हुँदा वा नहुँदा पनि सदा तपाईहरुको साथमा हुनेछु।

इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ।

नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौं।

मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने छौँ।

मिलनकुमार योङहाङ लिम्बू
रास्वपा उम्मेद्वार
इलाम २, उपनिर्वाचन

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट