August 23, 2025 | शनिबार, भदौ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १५:५६
अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले अहिले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताएका छन् । आज (बुधबार) नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले एक पटक विश्वासको मत पाएपछि दुई वर्षसम्म विश्वासको मत लिन नपर्ने बताएका हुन् । उनले आफूले विश्वासको मत लिनका लागि प्रदेश सभामा अविश्वासको प्रस्ताव आउन पर्ने स्मरण गराउँदै संविधानले दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन रोक लगाएको बताए ।

‘संविधानले जे भन्छ मैले त्यही गर्छु । संविधानले दुई वर्षसम्म विश्वासको मत लिन पर्दैन भनेर घोषणा गरेको छ । दुई वर्षसम्म अब मैले विश्वासको मत लिनुपर्ने छैन । अविश्वासको प्रस्ताव आयो भने त्यतिखेर मैले गरौंला,’– उनले भने, माथि (संघीय सरकारमा) हाच्युँ आयो भन्दैमा यहाँ ओहो मेरो नेतालाई त हाच्यूँ आएछ भनेर मुटु नै छामेर आईसीयूमा जानु जरुरी छैन । यो संविधानलाई हामी फेल गराउन चाहँदैनौं । यो संविधानमा जनताको रगत छ भन्ने कुरा महसुश गर्न जरुरी छ ।’

मैले राजीनामा गर्दिउँला । चेरापुञ्जीको मौसमजस्तो छ नेपालको राजनीति, काठमाडौंमा अर्को फेरियो भने के गर्नुहुन्छ तपाईँहरु ? साथै, संविधानलाई सही ढंगले प्रयोग गर्न उनले आग्रह गरे । उनले संविधानलाई दुषित गर्न नहुने बताए । साथै, सबै दललाई सरकारमा सहभागी हुनसमेत उनले आह्वान गरे । सरकार बनेको उद्देश्यअनुसार सहभागी भएर जनताको जनजीवनमा सकारात्मक परिवर्तन हुने गरी काम गर्न उनले आग्रह गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट