sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीको संकल्पयात्रा ४२ सय सुरक्षाकर्मी परिचालन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:२५
ओलीको संकल्पयात्रा ४२ सय सुरक्षाकर्मी परिचालन
  • ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट हिड्यो 
  • १२ बजे टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने 
  • टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुने

विराटनगर ।।

नेकपा (एमाले) को संकल्पयात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको घुर्मीका निम्ति हिँडेको छ । ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

प्रदेश कमिटीका पदाधिकारी र अरू सहभागीले बहादुरेखोलामा अध्यक्ष ओलीलाई स्वागत गर्ने खतिवडाले बताए । उनले भने, “त्यसपछि घुर्मीको पारिपट्टि हर्कपुर, टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुनेछ ।” एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म जागरण अभियान सञ्चालन गरेको छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई स्वागत गर्न झाँकीसहितको तयारी रहेको बताए । उनले भने, “बहादुरेखोलामा स्वागत गरेपछि सभास्थलतर्फ गई कार्यक्रम सुरु गर्ने तयारी छ ।” कोसी प्रदेशमा पहिचानवादी पक्षधरले आजदेखि नै मध्यपहाडी (पुष्पलाल) मार्गमा बन्द आह्वान गरेको छ । अध्यक्ष ओली, नेता योगेश भट्टराई, महेश बस्नेतसहित ८२ प्रदेशसभा सदस्यविरुद्ध आफूहरूको विरोध भएको उनीहरूले बताएका छन् ।

पहिचानवादीको विरोधसँगै घुर्मी क्षेत्रमा एकीकृत सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका दुई हजार ४०० र जनपदका दुई हजार ८०० नेपाल प्रहरी परिचालन गरिएको छ । “एकीकृत सुरक्षा अयोजनाअन्तर्गत सुरक्षा व्यवस्था चुस्त बनाइएको छ,” सशस्त्र प्रहरी बल बराह वाहिनी पकलीका डीआईजी अञ्जनी पोखरेलले भने ।

पहिचान पक्षधरले एमालेको यात्राप्रति आफूहरूको विरोध नभएको भन्दै कोसी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता बस्नेतलाई भने सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । पहिचान पक्षधरले मंगलबार मध्यपहाडी मार्गको घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्द आह्वान गरी सांस्कृतिक अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ ।

संकल्पयात्राको १३औँ दिनमा कोसी प्रदेश आइपुगेको अभियानले यहाँ ६६ किमि दूरी तय गर्नेछ । यसको प्रस्थान विन्दु रामेछापको मन्थली थियो । टोलीले घुर्मीमा खाना खाने र दिक्तेलमा बस्ने कार्यतालिका छ । सभा भने घुर्मीको हर्कपुरमा गरिनेछ । यसैबीच, कार्यक्रममा अवरोध गर्ने प्रयासमा रहेको आरोपमा तीन पहिचानवादीलाई प्रहरीले खोटाङको दिक्तेलबाट पक्राउ गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid