May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ओलीको संकल्पयात्रा ४२ सय सुरक्षाकर्मी परिचालन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:२५
ओलीको संकल्पयात्रा ४२ सय सुरक्षाकर्मी परिचालन
  • ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट हिड्यो 
  • १२ बजे टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने 
  • टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुने

विराटनगर ।।

नेकपा (एमाले) को संकल्पयात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको घुर्मीका निम्ति हिँडेको छ । ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

प्रदेश कमिटीका पदाधिकारी र अरू सहभागीले बहादुरेखोलामा अध्यक्ष ओलीलाई स्वागत गर्ने खतिवडाले बताए । उनले भने, “त्यसपछि घुर्मीको पारिपट्टि हर्कपुर, टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुनेछ ।” एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म जागरण अभियान सञ्चालन गरेको छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई स्वागत गर्न झाँकीसहितको तयारी रहेको बताए । उनले भने, “बहादुरेखोलामा स्वागत गरेपछि सभास्थलतर्फ गई कार्यक्रम सुरु गर्ने तयारी छ ।” कोसी प्रदेशमा पहिचानवादी पक्षधरले आजदेखि नै मध्यपहाडी (पुष्पलाल) मार्गमा बन्द आह्वान गरेको छ । अध्यक्ष ओली, नेता योगेश भट्टराई, महेश बस्नेतसहित ८२ प्रदेशसभा सदस्यविरुद्ध आफूहरूको विरोध भएको उनीहरूले बताएका छन् ।

पहिचानवादीको विरोधसँगै घुर्मी क्षेत्रमा एकीकृत सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका दुई हजार ४०० र जनपदका दुई हजार ८०० नेपाल प्रहरी परिचालन गरिएको छ । “एकीकृत सुरक्षा अयोजनाअन्तर्गत सुरक्षा व्यवस्था चुस्त बनाइएको छ,” सशस्त्र प्रहरी बल बराह वाहिनी पकलीका डीआईजी अञ्जनी पोखरेलले भने ।

पहिचान पक्षधरले एमालेको यात्राप्रति आफूहरूको विरोध नभएको भन्दै कोसी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता बस्नेतलाई भने सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । पहिचान पक्षधरले मंगलबार मध्यपहाडी मार्गको घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्द आह्वान गरी सांस्कृतिक अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ ।

संकल्पयात्राको १३औँ दिनमा कोसी प्रदेश आइपुगेको अभियानले यहाँ ६६ किमि दूरी तय गर्नेछ । यसको प्रस्थान विन्दु रामेछापको मन्थली थियो । टोलीले घुर्मीमा खाना खाने र दिक्तेलमा बस्ने कार्यतालिका छ । सभा भने घुर्मीको हर्कपुरमा गरिनेछ । यसैबीच, कार्यक्रममा अवरोध गर्ने प्रयासमा रहेको आरोपमा तीन पहिचानवादीलाई प्रहरीले खोटाङको दिक्तेलबाट पक्राउ गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।