sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १६:२0
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको बताएका छन् ।

१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधवार काठमाडौँको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उनले प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने बताएका हुन् । ‘योजना, विचार, सिद्धान्त केही चाहिँदैन । कहिले काँग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,’ भट्टराईले भने, ‘सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ ।’

भट्टराईले प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् । निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौँतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको उनले गुनासो गरे ।

‘प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्‍यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले काँग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्‍यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौँ । मलाई प्रचण्डजीको विश्वास थिएन । उहाँले सत्ताका निमित्त जोपनि गर्नुहुन्छ, त्यो मलाई थाहा थियो । तर माओवादी भित्रका साथीहरूले नयाँ ढङ्गले जान्छौँ, माओवादी युगको समय सिद्धियो । अब नयाँ समाजवादी ध्रुवीकरणको कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौ भनेको हुनाले एउटा साझा चुनाव चिन्हमा लिएर जाऊँ भनेको हो’, उनले भने ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid