May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा

ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल ठेगाना कसरी जोड्ने ?

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १0:२२
ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल ठेगाना कसरी जोड्ने ?

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ ।

यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ ।

यो फिचर आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा चाहिँ पछिल्लो बेटा भर्सनमा उपलब्ध छ ।

यदि तपाईं एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ र ह्वाट्सएपको यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप बेटा कार्यक्रममा जोडिनुपर्छ । यसका लागि ह्वाट्सएप खोज्नुहोस् र त्यहाँबाट beta tester program मा जोडिनुहोस् ।

ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल ठेगाना कसरी जोड्ने ?

आफ्नो डिभाइसमा ह्वाट्सएप एप्लिकेसन खोल्नुहोस्

दायाँ भागको माथिपट्टि छेउँमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गरेर Settings मा जानुहोस्

Settings मेन्यूबाट Accounts अप्सन छान्नुहोस्

उक्त खण्डभित्र Email Address अप्सन छान्नुहोस्

त्यहाँ तपाईंले ह्वाट्सएपसँग जोड्न चाहेको आफ्नो इमेल एड्रेस हाल्नुहोस्

त्यसपछि तपाईंले सोही इमेलमा One-Time Password (OTP) प्राप्त गर्नुहुनेछ ।

उक्त ओटिपीलाई ह्वाट्सएपमा दिइएको सम्बन्धित ठाउँमा हालेर भेरिफाइ गर्नुहोस् ।

यसो गरेपछि तपाईंको इमेल ठेगाना ह्वाट्सएप अकाउन्टसँग जोडिनेछ ।

– एजेन्सीको सहयोगमा

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।