July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ १५:५0
बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका मन्त्रालयको बजेट खर्च न्यून देखिएको हो।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडा मकवानपुरका अनुसार प्रदेश सरकारको विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत अर्थात् रु २४ अर्ब ४० करोड ७८ लाख मात्र खर्च गरेको छ।

सो अवधिमा प्रदेश सरकारको मन्त्रालयहरुले चालुतर्फ रु ११ अर्ब ४१ करोड ५२ लाख तथा पुँजीगततर्फ रु १२ अर्ब ९९ करोड २५ लाख बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु आठ अर्ब ६९ करोड ८९ लाख बजेट खर्च गरेको छ।

यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ८६ करोड, स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ८६ करोड, सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ६९ करोड, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब २३ करोड २९ लाख, कृषि तथा पशुपक्षी मन्त्रालयले रु ८१ करोड नौ लाख, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले रु ६३ करोड ३६ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु १९ करोड ६५ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १७ करोड ४८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयले रु नौ करोड ५४ लाख खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताए।

त्यस्तै प्रदेशसभा सचिवालयले रु १४ करोड ५६ लाख बजेट खर्चको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयले जनाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख र वित्तिय व्यवस्थापनतर्फ रु ५० करोड गरी रु ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन गरेको थियो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्